Skip to main content

'सुनजस्तो चुनढुंगा' खानीबाट शौर्यले थाल्यो सिमेन्ट उत्पादन, चार थरी सिमेन्ट उत्पादन गर्ने

Shaurya Cement Industries and Ambe Steels

शौर्य सिमेन्टले अत्याधुनिक प्रविधि र उच्च गुणस्तरको चुनढुंगा प्रयोग गरेर सिमेन्ट उत्पादन थालेको छ। १५ अर्ब लगानीमा शंकर समूह, अम्बे समूह र गोल्छा समूहले यो सिमेन्ट उद्योग स्थापना गरेका थिए।

उद्योगबाट ओपिसी, पीपीसी, ४३ र ५३ ग्रेड गरेर चार थरी सिमेन्ट उत्पादन गरिरहेको छ। उद्योगबाट नेपालमा पहिलो पटक लो अल्कली सिमेन्ट उत्पादन गरेको दाबी छ। दैनिक ३५ सय टन सिमेन्ट उत्पादन गर्ने उद्योगको कच्चा पदार्थको स्रोत उदयपुरको सुन जस्तो चुनढुंगा खानी रहेको बताइएको छ।

एलुमिना र मेग्रिजियमको मात्रा एकदम कम रहेकोले उत्पादित चुनढुंगा उच्च गुणस्तरको हुने उद्योगको दाबी छ। उद्योगका अनुसार चुनढुंगा उत्खननका लागि फोर्थ जेनेरेशन सेपरेटरमार्फत सर्वोत्कृष्ट गुणस्तरको सिमेन्टमा रुपान्तरण गरिन्छ। उद्योगले अल्कली रिडक्सन प्रविधि राखेको जनाउँदै अल्कली हटाउने प्रणालीका कारण सिमेन्ट राम्रो हुने जनाएको छ।

उद्योगले सिमेन्ट ग्राइन्डिङका लागि भर्टिकल रोलर मेसिन प्रयोग गरेको छ। अन्तर्राष्ट्रिय स्तरको रोबोटिक ल्याब रहेका कारण गुणस्तरमा एकरुपता हुने उद्योगको दाबी छ। उद्योगले सिमेन्टको बोरा अल्ट्रा सोनिक सिलिङ सिस्टमका माध्यमबाट लेजर सील प्याकेजिङ गरि ल्यामिनेट गरिएकोले बोरामा चिसो भएर ओसिने सम्भावना हुँदैन। 

Source: Bizmandu